कुलपति रनिङ सिल्डः सेमिफाइनल समिकरण पूरा

पाेखरा | माघ ११, २०७९

कुलपति रनिङ सिल्डः सेमिफाइनल समिकरण पूरा

पोखराः   प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । गण्डकी विश्वविद्यालय आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा सहिद स्मृति आवसिय माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय र इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय पुगेका छन् । 


पोखरा रंगशालामा बुधबार सम्पन्न भएका खेलमा सहिद स्मृति, भद्रकाली र कालिका विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । यसअघि मंगलबार छोरेपाटन माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय सेमिफाइनलमा प्रवेश गरिसकेको छ । 


सहिद स्मृतिले न्यु ग्यालेक्सी माध्यमिक विद्यालयलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । सहिद स्मृतिको जितमा जयराम घर्तिमगरले २, सुनिल पाख्रिन, विवेश सोमाई र जोन रेग्मीले १–१ गोल गरे । जोनले खेलको १२औं मिनेटमा गोल गर्दै टिममा सुरुआती अग्रता दिलाएका थिए । जयरामले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै सहिद स्मृतिमा दोब्बर अग्रता दिलाएका थिए । खेलको ३६ औं मिनेटमा कप्तान सुनिलले गोल गर्दै तेब्बर अग्रता दिलाए । त्यसपछि खेलको ४४औं मिनेट र ५४ औं मिनेटमा सहिद स्मृतिले गोल गर्दै ५–० को सानदार जित निकाल्यो । 


भद्रकालीले विष्णु पडुका माध्यमिक विद्यालयलाई ५–० ले पराजित ग¥यो । खेलको आक्रमक बनेको भद्रकालीले अधिकांश समय बल आफ्नो पक्षमा पारिरह्यो ।  भद्रकालीको जितमा भिमबहादुर गुरुङले ह्याट्रिक गरे । उनले खेलको १०औं मिनेटमा गोल गर्दै भद्रकालीलाई अग्रता दिलाएका थिए । 


खेलको २८औं मिनेटमा भद्रकालीका दिपेश गुरुङले गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाए । त्यसको ३ मिनेटमै भद्रकालीले अर्काे गोल थप्यो । भद्रकालीका कप्तान युक्त गुरुङले दोस्रो हाफको सुरुआतमै ३१औं मिनेटमा गोल गरे । 


भिमले खेलको ३४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई चौथो अग्रता दिलाए । खेलको ३५औं मिनेटमा भिमले गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि भने दुवैतर्फ गोल हुन सकेन । भद्रकाली ५–० ले विजयी भयो । 


कालिकाले डायमण्ड माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो । कालिकाका लागि कुशन राई र समुन्द्र सुवेदीले १–१ गोल गरे । कालिकाले खेलको सुरुआतमै डायमण्डविरुद्ध अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा कुशन राईले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि अन्तिम इन्जुरी समयमा कालिकाका सुवेदीले गोल गर्दै टिमलाई टिमलाई २–० को जित दिलाए । 


प्रतियोगितामा बिहीबार सेमिफाइलनमा खेलहरु हुनेछन् । पहिलो सेमिफाइलनमा भद्रकाली र इन्द्र राज्यलक्ष्मी बिहीबार बिहान साढे १० बजे भिड्नेछन् । दोस्रो सेमिफाइनलमा कालिका र सहिद स्मृति साढे १२ बजे भिड्नेछन् । फाइनल खेल शुक्रबार हुनेछ । 


सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ । 


यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।
 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्